January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

गोरखामा आफैँ चढेको बसले किचेर एकको मृत्यु

  • 2
    Shares

गोरखा, गोरखामा बसले किचेर एक पुरुषको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर बुद्घिबहादुर रम्तेलको मृत्यु भएको हो ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिएका छन् ।

टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए । मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको