March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं, नेपाल आयल निगमले गएरातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ र पेट्रोलमा एक रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको आयल निगले जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको हो ।

शीर्ष समाचार

धेरै पढिएको