April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

सेनानी श्यामलाल श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने 

काठमाडौं, नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेपाली कांगेसका पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसले मंसिर २६, २७ र २८ गते झण्डा झुकाउने निर्णय गरेको हो । ८० बर्षिय श्रेष्ठको ब्रेन ह्यामरेजबाट शुक्रवार निधन भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने तथा स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको