
काठमाडौं – काेराेना भाइरस संक्रमितको संख्या शुक्रबार मात्रै ४४८ जना थपिएका छन् ।जसमध्ये २४ जना महिला र ४२४ जना पुरुष रहेका छन् ।याे सँगै संक्रमित हुनेकाे जम्मा संख्या ५ हजार ६२ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ भने डिस्चार्ज हुनेकाे संख्या ८७७ पुगेकाे छ । जसमध्ये ७८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । नेपालमा ७२ जिल्लामा काेराेना संक्रमित भएको छ ।





