January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

कलंकीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

  • 44
    Shares

काठमाडौं, कलंकीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा परी ६ जना घाइते भएका हुन् ।

प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा ओखलढुंगा घर भई कलंकी बस्दै आएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ भने थप विवरण आउन बाँकी नै छ ।

शीर्ष समाचार

धेरै पढिएको