March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप १ हजार ४४ जनामा काेराेना पुष्टि, ११ जनाकाे मृत्यु

काठमाडौं मंसिर २६- शुक्रबार देशभर १ हजार ४४ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेकाे छ।

पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १२ हजार १४८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म दुई लाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएका छन् भने १८ लाख २० हजार ६१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितकाे मृत्यु भएको छ। याे सँगै नेपालमा हालसम्म काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या १६७४ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको