January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 1
    Share

मुग्लिन, चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा जीप दुर्घटना भएको हो ।

जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको नाम थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।

उनका अनुसार उक्त बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएको थियो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगी घटनाबारे थप जानकारी लिने काम भइरहेको प्रवक्ता थापाले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको