
काठमाडौं – शुक्रबार देशकाे विभिन्न ठाउँमा युवाहरुले प्रदर्शन गरेका छन् । धुलिखेल ,भक्तपुर ,किर्तिपुर ,हेटाैंडा,बुटवल ,भैरहवा ,र पाल्पा अादि ठाउँमा सरकारले काेराेना नियन्त्रण गर्न उपयुक्त कदम नचालेकाे भन्दै विरोध गरिरहेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको भन्ने सरकरको अभिव्यक्तिको विरोधमा पनि युवाहरुले देशभर प्रदर्शन गरेका हुन् ।
सामाजिक सञ्जालबाट सञ्चालित अभियान बिहीबारदेखि सडमा शुरु भएको छ। प्रदर्शनमा युवा तथा व्यवसायीहरुको सहभागिता रहेको देखिन्छन् । सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाको समूहले शुक्रबार काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन्। मास्क र मुकुण्डो लगाएर भेला भएका युवाहरुले पीसीआर विधिबाट परीक्षण गरी संक्रमितको पहिचान गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन् ।





