January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

थप १ हजार २१७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  • 11
    Shares

काठमाडौँ, बिहिवार थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको हो ।

पछिल्लो २४ घण्टामा जम्मा ७ हजार २ सय ३२ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको