
सरकारले आजबाट देशभर सवारीसाधन सञ्चालन गर्दा जोर गते जोर नम्बर प्लेटका सवारी साधन र विजोर गते विजोर नम्बर प्लेटका सवारी साधन चलाउन पाइने व्यवस्था गरिकाे छ । साे अनुसारको प्रहरीले निगरानी बढाएको छ । काठमाडौँ उपत्यका भित्र र अरु जिल्ला भित्र मात्रनिजी सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ । काठमाडौको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको जनाएको छ । काठमाडौ बाहिरका जिल्लामा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने व्यवस्था गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले निजीसवारी साधन मात्र चलाउँदा पनि चार पाङ्गे गाडीमा चालकसहित तीन जना र मोटरसाइकल, साइकल र स्कुटरमा चालक मात्र बस्न पाउने बताएका छन् । जसअनुसार कालो नम्बर प्लेट भएका बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् । यस अघि पास लिएर चलिरहेका निजी गाडी पनि जोरबिजोर प्रणाली अनुसार मात्रचलाउनु पर्ने छ अत्यावश्यकबाहेकका निजी सवारी साधनराति ९ देखि बिहान ५ बजेसम्म भने चलाउन नपाइने उहाँले बताउनुभयो । सरकारले निजी गाडी नम्बर प्लेटको आधारमा चलाउन दिने भनेपनि सार्वजनिक गाडी भने चल्न नदिने निर्णय गरेको छ ।






