April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

रिक्त पदमा नियुक्तिका लागि प्रम ओलीले बोलाए आइतवार संवैधानिक परिषद्को बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बैठक आइतवार विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएका हुन् ।

रिक्त संबैधानिक पदमा नियुक्तिका लागि उनले परिषदको बैठक बोलाएकाहुन् । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त नियुक्तीका विषयमा छलफल हुनेछ ।

त्यस्तै लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरु पनि पदाधिकारी नियुक्ती पनि बैठकको एजेण्डाको रुपमा रहेको छ ।

रिक्त संवैधानिक निकायमा नियुक्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको