January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

प्रधानमन्त्री ओलीद्वारा लामाको निधनप्रति शोक व्यक्त, राजनीतिमा दिएका योगदानको स्मरण

  • 11
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिएका योगदानको स्मरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उनले जनपक्षीय भूमिका खेलेको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गरेको कामको स्मरण पनि गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको