असई बिक र जवान साउदको आर्थिक सुविधासहित मरणोप्रान्त तह पदोन्नती

कैलाली, नियमित गस्तीमा खटिएका बेला विभत्स रुपमा हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ ।
हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १र१ तह पदोन्नती गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।
प्रहरी सहायक निरीक्षक बिक प्रहरी नायब निरीक्षकमा र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन् । यस्तै उनीहरुको परिवारले आगामी ७ वर्षसम्म खाईपाई आएको तलबभत्तासमेत पाउने छन भने ७ वर्षपछि परिवारले पेन्सन सुविधा पाउनेछन् ।
यसअघि गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको शव मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्