January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

  • 25
    Shares

काठमाडौं, पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

विजयबाबु खत्रीको नवौं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित समारोहमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमकी श्रीमती सिर्जना तुलाधर गौतमलाई पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

पुरस्कारमा ताम्रपत्र र ३४ हजार रुपैयाँ राशि छ । समारोहमा अध्यक्ष श्रेष्ठले निष्पक्ष पत्रकारितामा समर्पित गौतम नेपाली पत्रकारिता क्षेत्रका लागि सदा स्मरणीय रहने श्रेष्ठले बताइन् । टाउको दुख्ने समस्या रहेका ३१ वर्षीय गौतमको मस्तिष्कको नसाको शल्यक्रियाका क्रममा मंसिर ४ मा निधन भएको थियो ।

स्मृति पुरस्कार स्थापना गरिएका पत्रकार खत्रीको ३४ वर्षको उमेरमा विसं २०६८ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको