January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आजबाट सर्वसाधारणका लागि चिडियाखाना खुला

  • 16
    Shares

काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो ।

“नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भने ।

चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् ।

अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको