January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

‘विवेकशील साझा’ पार्टी एकतावद्ध, दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने

  • 10
    Shares

काठमाडौं, वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी एकतावद्ध भएको छ । आज भर्चुअल समारोहकाबीच साझा र बिवेकशिल पार्टी एक भएको घोषणा गरेको हो ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

२०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्मिएको थियो । तर, एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै बाटो रोजेका थिए । विभाजनको २३ महिनापछि फेरि एक भएका हुन् ।

एकीकृत नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ भने अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे छन् । कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ । दुवै दलबाट केन्द्रीय समितिमा ६५÷६५ गरी १३० र सचिवालयमा १३÷१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।

घोषणा समारोहमा एकीकृत पार्टीका अध्यक्ष मिश्रले वैकल्पिक शक्तिको रुपमा प्रगतिशील पार्टी बनाउन चाहेको बताएका छन् ।

भारतको नयाँदिल्लीमा आम आदमी पार्टी अवैकल्पिक पार्टीका रुपमा उदाएको चर्चा गर्दै मिश्रले सुशासन र समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाउने बताए । संयोजक पाण्डले विकेशील साझा पार्टीलाई सबै समुदायले अपनत्व महसुस गर्ने पार्टी बनाउने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको