January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

गत २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

  • 15
    Shares

काठमाडौं, बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् ।

२४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ ।

योसँगै २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको