विवकेशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

काठमाडौं, विवकेशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने भएको छ । दुबै दलले दिउँसो भर्चुअल माध्यमवाट पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन् ।
नयाँ गठन हुने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डेले संयोजकको जिम्मेवारी पाउने भएका छन् ।
नयाँ पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने सहमति भइसकेको छ । एकिकृत पार्टीको छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि भएको छ । कोरोना संक्रमण महामारी रहेकोले भर्चुअल माध्यमवाट दल एकीकरण घोषणाको कार्यक्रम गर्ने तयारी छ ।
दुवै दलबाट केन्द्रीय समितिमा ६५ –६५ जनाको प्रतिनिधित्व हुने सहमति भएको छ । सचिवालय भने २६ सदस्यीय बनाउने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस्