
काठमाडौं – नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ४ हजार ६१४ जना पुगेका छन् ।आजमात्र २ सय ५० जना थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ भने डिस्चार्ज हुनकाे संख्या ८ सय ६१ जना पुगेकाे छ । र आजसम्प काेराेना परिक्षण गरेकाे संख्या १ लाख १५ हजार ९ सय ३० रहेका छन् । अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुने जिल्ला कपिलवस्तु रहेकाे छ । कपिलवस्तुमा ६३५ जना संक्रमित छन् । राैतहटमा ४७१ जना संक्रमित छन् भने ३ काे मृत्यु भैसकेको छ ।





