जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले सर्वोच्चमा परेको रिट निवेदकको पक्षमा फैसला गर्दै कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था मन्त्रालयका नाममा आदेश दिएको हो ।
सर्वोच्चको यस फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ भने सो फैसलाको पूर्णपाठ आउन बाँकी नै छ ।
खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए । गत असोज ८ मा सर्वोच्च अदालतले जग्गाको कित्ताकाट बन्द गर्ने र खोल्ने निर्णयको सक्कल फाइल उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस्