January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

कोरियामा एमटियुले विविध विषयमा शैक्षिक कार्यक्रम गर्दै, सबै नेपाली श्रमिक उपस्तिथ हुन आग्रह

  • 1
    Share

दक्षिण काेरिया, कोरियामा एमटियुले विविध विषयमा शैक्षिक कार्यक्रम गर्ने भएको छ । कोरियामा रहेको प्रवासी श्रमिकको हक अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्दै आएको युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित विविध विषयमा शैक्षिक कार्यक्रम गर्दै आइरहेको छ । यसै अनुसार कोरोना महामारीको असरले गर्दा जम्मा भएर गर्न नसकिने भएकोले अनलाइन जुममार्फत गर्ने भएको हो ।

सो कार्यक्रममा प्रवासी श्रमिकलाई मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धि परिवर्तन हुन लागेको नियम कानुन, इपिएस कानुन, कार्य अनुमति प्रणाली (डब्लुपीएस), कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, वार्षिक बिदा, थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया, २०२१ को न्यूनतम तलब, मजदुर युनियन र यसको गतिविधि, खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका, कोरोना भिसालगायत अन्य बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम २०२० डिसेम्बर १२ तारिक शनिवार बेलुका कोरियन समय ८: ३० बजे गर्ने भएको हो ।

उक्त कार्यक्रममा सहभागी भइदिन एमटियूले काेरियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुलाई पनि अाह्वान गरेकाे छ । साथै कार्यक्रममा उपस्थिति हुनकाे लागि तल दिएको जुम अाइडि मार्फछ कार्यक्रममा सहभागी हुन सकिने छ ।

शीर्ष समाचार

धेरै पढिएको