January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

मोरङमा विप्लव समुहद्वारा विद्यालय प्रधानाध्यापकको अपहरण पछि हत्या

  • 3
    Shares

मोरङ, मोरङको मिक्लाजुुङमा विप्लव समुहले विद्यालय प्रधानाध्यापकको अपहरण पछि हत्या गरेका छन् ।

विप्लव समुहले आज बिहान ६:४५ बजेतिर प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि लगेको र त्यसको केही समयपछि गोली हानेर हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनको टाउकाेमा गोली लागेको मोरङ प्रहरीले बताएको छ । श्रेष्ठ सरस्वती आधारभूत स्कुलका मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक भएको खुलेको छ । उनलाई सुरकी गर्ने गरेको आरोपमा गोली हानी हत्या गरेको भन्ने प्रारम्भीक अनूशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको अपहरणपछि हत्या भएको मृतकका भतिजाले प्रहरीमा खबर गरेपछि थाहा भएको हो भने उनको घरबाट करिब ३० मिनेट पर बर्खे जंगलमा हत्या भएको बताइएकाे छ ।

हत्यामा विप्लव समुहको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ । थप अनुशन्धानका लागि प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको