एक हजार ३८२ जना काेराेना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । याे सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । ८ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण १ हजार ३८२ जनामा संक्रमित पुष्टि हो ।
हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस्