January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

सर्वदलिय बैठक सकियो, अराजकता अन्त्य गरि अघि बढ्न सबै दललाई प्रधानमन्त्रीको अपील

  • 11
    Shares

काठमाडौं, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गरि सकारात्मक ढङ्गले अघि बढ्न सबै दललाई
गरेका छन् ।

बिहान साढे ११ बजेबाट शुरु गरिएको सो बैठक करिब तीन घण्टा बसेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए अनुसार बैठकमा सहभागी दलका नेताहरुले आफ्ना सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियता, नेपालको सम्प्रभुता, लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै दलको सामुहिक सहयोगको खाँचो औल्याएका थिए ।

अहिले आफूमाथि विभिन्न शक्तिहरुले लोकतन्त्र र गणतन्त्र विरोधीको आरोप लगाइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षामा आफू सदैव दृढ रहेको र रहिरहने प्रतिवद्धता जनाए ।

केही शक्तिहरुले गणतन्त्र हटाउने सपना देखिरहेको र अहिले टाउको उठाउन खोजेको भन्दै उहाँले त्यस्तो हुन नदिइने प्रष्ट पारेका छन् ।

छलफलमा दलको तर्फबाट आएको सुझाव र सल्लाहलाई मनन गर्दै सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभएको उनको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र घरझगडा चलेपछि राजावादी शक्तिहरुले प्रदर्शन गर्न थालेका छन् । बैठकमा राप्रपाका नेताहरुले सडकमा भइरहेको प्रदर्शनको आफ्नो दलको समर्थन रहेको धारणा राख्नुभएको बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको