January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

सर्लाहीमा गए राति आगलागी हुँदा १२ लाखको क्षति

  • 1
    Share

सर्लाही, सर्लाहीमा गए राति आगलागी हुँदा १२ लाखको क्षति भएको छ । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको हो ।

विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।

आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले सञ्चारमाध्यमलाई जानकारी दिएका छन । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए । 

शीर्ष समाचार

धेरै पढिएको