January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आब्हान

  • 11
    Shares

काठमाडौं, देशभर व्यवस्था विरोधी प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री केपी ओलीले सर्वदलिय बैठक आब्हान गरेका छन ।

राजावादीहरुको प्रदर्शन चर्कदै गएपछि साझा धारणा बनाउन ओलीले भोलीका लागि सर्वदलीय बैठक आब्हान गरेका हुन ।

बैठक मंगलबार बिहान एघार बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका पार्टीका नेताहरुलाई बोलाईएको छ ।

वर्तमान व्यवस्थाले देशको अर्थतन्त्र र अखण्डता दुवैलाई कमजोर बनाएको भन्दै प्रदर्शनकारीले गणतान्त्रिक व्यवस्था खारेज गर्न समेत माग उठेपछि प्रधानमन्त्री ओलीले सबै दलको राय लिन लागेका हुन ।

सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले आब्हान गर्ने बैठकमा कोरोना संक्रमण नियन्त्रणको प्रयास लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको