
काठमाडौं – कुबेतबाट उद्वार गरि ल्याएकाे नेपाली महिला यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुले कुवेत सरकारले नै जहाजको व्यवस्था गरेर नेपाल आउने व्यवस्था मिलाएको हाे ।कुवेतमा अलपत्र उनीहरुमध्ये १५० नेपाली काठमाडौं आइपुगेका छन् ।
नेपाल आइपुगेकाहरुलाई सेनाको १ वटा र ८ वटा साझा बसमा होल्डिङ स्टेशनमा लगिने छ । त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित प्रदेशमा पठाइनेछ । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेकाे एक श्राेतले बताएको छ ।







