January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

कोरोनाको बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन अस्पतालहरुलाई निर्देशन

  • 3
    Shares

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ । अतिरिक्त शुल्क लिएको पाइएमा कारबाही गर्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गर्दै निजी अस्पतालले कोरोना भाइरस संक्रमणको बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो शुल्क नलिन निर्देशन दिएको हो । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारबाही थालिने सूचनामा उल्लेख छ ।

निजी अस्पतालले सबै किसिमका सेवामा कोरोना भाइरसको बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोपनि मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको