January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

  • 4
    Shares

काठमाडौं, नेपालमा आज थप १ हजार ९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।देशभरका प्रयोगशालामा ६ हजार ४९५ जनाको पीसीआर परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १७५२ जना संक्रमणमुक्त भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २५ हजार ८ सय ५ जना छन् ।

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५९४ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३५१, भक्तपुरमा ५९ र ललितपुरमा ७५ जना संक्रमित थपिए ।

शीर्ष समाचार

धेरै पढिएको