
काठमाडौं – सरकारकाे केही काम गर्ने शैली खराब भएको भन्दै विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा युवाहरु प्रदर्शनमा उत्रिएका छन् । ती युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन त्यसाे गरेकाे हाे । बिहीबार भएको उक्त आन्दाेलनमा ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको छ ।
पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका हाे ।प्रदर्शनमा उत्रिएका युवाहरुले भाेकले मर्दानि राजनीतिमा लास थियाे बिचरा उ मुठिभर चामलको अासमा थियाे लगाएतका व्यापारबाेकेका थिए ।





