थप १ हजार २७२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
- hamro_kantipur
- २०७७ मंसिर १९

काठमाडौं, शुक्रवार थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको हो ।
कोरोनाबाट आज थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज १ हजार ५७५ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ। देशभर क्वारेन्टिनमा ५३७ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार ४४७ जनाको उपचाररत छन् ।
शीर्ष समाचार
- नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र हो: प्रधानमन्त्री ओली
- सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध छ: परराष्ट्रमन्त्री ज्ञवाली
- भारतमा भएको किसान आन्दोलनको प्रभाव नेपालमा
- इन्डोनेसियामा शक्तिशाली भूकम्प: ८०० घाइते र १५ हजार मानिस विस्थापित
- थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज
प्रतिकृया दिनुहोस्