March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

दाहाल-नेपाल समुहका विद्यार्थीले थापाथली क्याम्पसमा गरे भेला

काठमाडौं, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले शुक्रबार भेला गरेका छन् । नेकपा विवाद चर्किरहेको बेला आज थापाथली क्याम्पसमा विद्यार्थीहरुको भेला भएको हो ।

नेकपाका दुवै अध्यक्षले लिखित प्रस्तावमै एक अर्काविरुद्ध गुटबन्दी गरेको आरोप लगाइरहेका बेला दाहाल–नेपाल समूह निटक विद्यार्थीहरुको भेला भएको हो ।

सो भेलामा दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङलगायतको सहभागिता रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको