January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

सम्झनाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बोहरा फरार

  • 1
    Share

काठमाडौं, डोटीका १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राऊ परी र्पुपक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका छन् ।

बोहोरालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो र उनी त्यहीँबाट भागेका हुन् ।

प्रहरी स्रोतले जानकारी अनुसार डोटी जिल्ला अस्पतालको आइशोलेशनबाट हिजो बोहरा फरार भएका हुन् भने उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

बोहरा कम उमेरको भएकाले कारागारमा नभई बाल सुधार गृहमा राखिएका थिए । त्यहाँ उनी कोरोना संक्रमित भएपछि अस्पतालको आइशोलेनमा राखिएका थिए । बोहरामाथि बालिका सम्झना कामीको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरेको अभियोग छ ।

शीर्ष समाचार

धेरै पढिएको