January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

भौतिक उपस्थितिमा नै त्रिविको कक्षा सञ्चालन गर्ने, परिक्षा २८ गतेबाट शुरु

  • 1
    Share

काठमाडौं, स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिएका हुन् । कोरोनाका कारणले त्रिविको परीक्षा र पढाइ गत चैतदेखि सञ्चालन हुनसकेको छैन ।

यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने बताएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको छ ।

परिक्षा तालिका अनुसार मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको