January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

काठमाडौं उपत्यकामा थपिए ५ सय ६१ नयाँ संक्रमित

  • 18
    Shares

काठमाडौँ, गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको