January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

थप १ हजार ३४३ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

  • 8
    Shares

काठमाडौं, बिहिवार थप १ हजार ३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको हो ।

गत २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ हजार १११ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । देशभर क्वारेन्टिनमा ५७६ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार ७६६ जनाको उपचार भइराखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको