January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

प्रदेश-२ सरकारद्वारा ओली सरकारबिरुद्ध अदालतमा रिट दायर

  • 1
    Share

काठमाडौं, संघीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भन्दै प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले रिट दायर गरेका छन् ।

ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको मर्म विपरित कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भनेर भर्खरै रिट दायर गरेको मन्त्री सोनालले सञ्चारमाध्यमलाई बताएका छन् ।

उनि जनता समाजवादी पार्टीका नेता हुन् । प्रदेश नं. दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको