January 23, 2021, Saturday
२०७७ माघ ११, आईतवार

कांंग्रेस नेता पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

  • 49
    Shares

तनहुँ, नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । नेता पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका हुन् ।

हिजो बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि रिहा गरेको थियो ।

बिहीबार भने सो पुल उद्घाटनमा प्रशासनले अवरोध गरेको थिएन । आज कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको