January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी विशेष महासभालाई सम्बोधन गर्ने

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएको छ ।

डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको हो  ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको बताएका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन उद्घाटनकै दिन राति १ देखि २ बजेबीच आउन सक्नेछ ।

यो विशेष सम्बोधनमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे उल्लेख छ । विशेष महासभामा सम्बोधनका लागि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो ।

उद्घाटनका दिन अनुभव आदानप्रदान गरिने छ। दोस्रो दिन कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर पारेको विषयमा छलफल हुने छ ।

विशेष महासभामा १ सय ४१ जनाले सम्बोधन गर्ने छन् । त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन । विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोप र प्रयोगको विषयमा छलफलको कार्यक्रम पनि तय भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको