
प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् उनी हुन् जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी । गिरीले लिम्पियाधुरा नेपालको होइन भनी बोलेर विवाद बनिरहँदा आज संशोधन प्रस्ताव दर्ता गरेकी छिन् ।
जनता समाजवादी पार्टीकी सांसद गिरीले विधयेकमा संशोधन दर्ता गराउँदै लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलाएको भन्दै हटाउनुपर्ने प्रस्ताव दर्ता गरेकी छिन् । सरकारले संधिवानको धारा ९ को उपधारा २ बमोजिम अनुसुची ३ मा राखिएको निशान छाप परिवर्तनको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव हिजो सर्वसम्मतले प्रतिनिधिसभाले पारित गरेको थियो । तर, गिरीले दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी छिन् । उक्त विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन्।





