January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

विवेकशीलका दुई पदाधिकारीसहित १३ केन्द्रिय नेता साझा पार्टीमा सहभागी नहुने(सुचि)

  • 1
    Share

काठमाडौं, विवेकशील नेपाल दलका दुई जना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् ।

बिहीबार १३ जनाले संयुक्त रुपमा विज्ञप्ति निकालेर अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने जनाएका हुन ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘अब विवेकशील साझा पार्टीको रूपमा यात्रामा सहभागी हुने सम्पूर्ण सदस्यहरूलाई हामी शुभकामना व्यक्त गर्छौँ । तपसिलमा नाम उल्लेख भएका विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारी सहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ।’

पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव   संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् ।

उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफूहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।

विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।

एकता प्रक्रियामा सहभागी नहुनेहरु

अजीता राई – उपाध्यक्षसंगीता बाटाजु – सचिव
कर्मा लामा तामाङ – संघीय समिति सदस्य
छिरिंग तामाङ – संघीय समिति सदस्य
विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
जेसन बैद्य – संघीय समिति सदस्य
शिशिर राई – संघीय समिति सदस्य
जमाल अली – संघीय समिति सदस्य
आशीष राई – संघीय समिति सदस्य
ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
शशिविक्रम कार्की – संघीय समिति सदस्य
आलोक सुवेदी – संघीय समिति सदस्य

शीर्ष समाचार

धेरै पढिएको