January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन: वरिष्ठ नेता पौडेल

  • 3
    Shares

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि प्रहरीको पेलानवाट छुटकारा पाउन नसकिएको गुनासो गरेका छन । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि पौडेलले प्रहरीप्रति यस्तो टिप्पणी गरेका हुन ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको उल्लेख गरेका छन । असली गणतन्त्र साकार हुनेमा समेत नेता उनले चिन्ता प्रकट गरेका छन ।

प्रहरीको कुटाइबाट हिजोभन्दा करङ बढी दुखेको पनि उनले उल्लेख गरेका छन । मंगलबार पुल उदघाटनका लागि पुगेका पौडेललाई प्रहरीले तीनघन्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

बुधबार स्थानीय उपभोक्ता समितिको सर्वसहमतिले निर्णय गरेरै उनलाई पुल उदघाटनका लागि बोलाएपछि पौडेललाई उदघाटनस्थलसम्म जान प्रहरीले रोकेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको