January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

पौडेल पक्ष र प्रशासन पक्षको आ-आफ्नै तयारी, तनहुँ विवाद आज झनै चर्किन सक्ने

  • 25
    Shares

काठमाडौं, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई हिजो प्रहरीले गिरफ्तार गरेपछि शुरु भएको विवाद आज झन चर्किने देखिएको छ ।

बुधबार !तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएपछि चर्को विरोध भएको हो ।

प्रहरीको अवरोधपछि हुन नपाएको हिजोको उद्घाटन कार्यक्रम आज गर्ने बरिष्ठ नेता पौडेल पक्षले तयारी गरेको छ । काँग्रेसको जिल्ला कार्यालय दमौलीमा भेला भएर विरोध जुलुश सहित उद्घाटनस्थलमा गएर कार्यक्रम गर्ने उनीहरुको तयारी छ ।

तर स्थानीय प्रशासनले भने कार्यक्रम हुन नदिने जनाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले घटनास्थलमा दुई समूहका बीचमा थप झडप हुने देखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएका छन् ।

नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, “हिजो हामीले नियन्त्रणमा नलिएको भए, अझ नराम्रो घटना हुने संभावना थियो, हामीले अप्रिय घटना हुन नदिनका लागि भूमिका खेलेका हौँ ।”

उनले आफुहरु सरकारको आदेश पालक भएकाले सरकारको आदेश अनुसार नै कार्यक्रम नगर्न आग्रह गरेको, तर आयोजकहरुले अटेरी गरेपछि निषेधाज्ञा लगाइएको र निषेधाज्ञा तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको स्पष्ट पारेका छन् ।

पौडेल पक्षले भने निषेधाज्ञा लगाउनुको औचित्य नभएकाले त्यसलाई नमान्ने र आफ्नो कार्यक्रम गर्ने जिकिर गरेको छ । काँग्रेस नेता प्रकाशमान सिंह स्थानीय विकास मन्त्री हुँदा २०७३ सालमा शुरु भएको पुल निर्माण कार्य २०७५ मा सकिएर संचालनमा आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको