April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

काठमाडाैं, ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मुल राष्ट्रिय नाराका साथ बिहीबार अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । जुन नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो ।

अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना सङ्क्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरेका छन् ।

उनले आफूहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रुपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तरराष्ट्रिय दिवस मनाइने पनि बताएका हुन् ।

महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणनागरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको