April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न सरकारको आग्रह

  • 2
    Shares

काठमाडौं, कोरोना संक्रमणको जोखिम ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिल्म हल अझै नखोल्न सूचना जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता
डा जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाएको हो ।

उनले भने, ‘नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने ।’

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको