January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

रिहाईपछी नेता पौडेलले भने: वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन

  • 45
    Shares

काठमाडौं, प्रहरी नियन्त्रणबाट रिहाई भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नभएको बताएका छन् । नेता पौडेलले लोकतन्त्र अपमानित र अधिनायकवादी भएको बताएका हुन ।

उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन्, “आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ ।” उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको पनि जानकारी दिएका छन् ।

आज नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो ।

पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए ।

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि नै लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको