April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

थप १ हजार ४९० जनामा कोरोना पुष्टि,९ जनाको मृत्यु

  • 4
    Shares

काठमाडौं, बुधवार थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको हो ।

गत २५ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ५६७ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।

देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ५४७ जनाको उपचार भइराखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको