
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा नआएका हुन् ।
बुधबार बसेको नेकपाको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको छ ।
‘आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनु भएन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई बताएका छन् ।
उनले अध्यक्ष ओलीकै उपस्थितिमा पार्टीभित्र आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनु भएन,’ पत्रकारहरूसँग भने ।
अध्यक्ष ओलीकै उपस्थितिमा पार्टीभित्र देखिएका संकटबारे छलफल गर्नु उपर्युक्त हुने बैठकको निष्कर्ष रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
आगामी बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक मंसिर २० गते १ बजे र स्थायी कमिटी बैठक मंसिर २१ गते १ बजेदेखि सुरू हुने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । उनले पार्टी संवदेनशील मोडमा रहेको पनि बताए ।






