
काठमाडौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैसँगपनि हेपिन तयार नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपि शर्मा ओलीले यस्तो बताएका हुन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गरेको टिप्पणीबारे सांसदले सोधेको प्रश्नमा उनले भने,’योगीले नेपाललाई धम्क्याउने खोज्नु भएको हो भने त्यो उचित होईन् । उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्तिपनि होइन ।
बोल्नुभएको हो भने आलोच्य विषय हो । निन्दनीय विषय हो । हामी यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं भन्दै प्रधानमन्त्री ओलिले नेपाल कसैसँग पनि हेपिन तयार नरहेकाे बताएका छन् ।





