बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन् । बैठक सुरु भएपनि उनी अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ ।
यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुने भएका हुन् ।
उनी बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक केहीबेर पर सारिएको थियो ।
प्रतिकृया दिनुहोस्